तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले बागमती प्रदेशको संसदीय बोर्ड गठन

File Photo
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ ।
दलका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १३ सदस्यीय बोर्ड गठन गरिएको हो। नेकपा एमालेको दलको विधान २०७७ को दफा १७ बमोजिम बोर्ड गठन गरिएको हो ।
बोर्डको सदस्यमा प्रमुख सचेतक दीपक निरौला(पदेन(, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, विजय सुवेदी, शशिजङ थापा, उर्मिला कर्माचार्य, शान्ति थिङ, सरस्वती बाटी, नारायण बहादुर सिलवाल, सीता लामा र प्रदीप कटुवाल रहनुभएको छ ।
बोर्डको पदेन सदस्यमा दलको सचेतक र उपनेता रहने व्यवस्था रहेको छ । हाल सचेतक र उपनेता रिक्त रहेकोले पछि थप हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button