तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा एकै पटक ३६ जना कोरोना सङ्क्रमित थपिए

तनहुँ । तनहुँमा आज बुधवार एकै पटक ३६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
जिल्लाको भिमाद नगरपालिकामा १० जना र शुक्लागण्डकी नगरपालिकामा २६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
भिमाद–१ का ३० वर्षीय पुरुष, भिमाद–३ का ३३, ५२ वर्षीय पुरुष, भिमाद–५ की ५४ वर्षिया महिला, भिमाद–६ की २०, ३१, ५६ वर्षिया महिला र ६४, १० वर्षीय पुरुष, भिमाद–७ की ६६ वर्षिया महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
त्यस्तै शुक्लागण्डकी–२ की ८८, ४८, २४ वर्षिया महिला, शुक्लागण्डकी–४ की २५, ४५, २४, ५० वर्षिया महिला र ४१, ५६ वर्षीय पुरुष, शुक्लागण्डकी–५ की २८, ५३ वर्षिया महिला र ३९, २२, २४ वर्षीय पुरुष, शुक्लागण्डकी–६ का २१ वर्षीय पुरुष, शुक्लागण्डकी–७ की २७, ५३ वर्षिया महिला र ३२ वर्षीय पुरुष, शुक्लागण्डकी–९ की २५, २२ वर्षिया महिला र १३, २२, २५ वर्षीय पुरुष, शुक्लागण्डकी–१० की २३ वर्षिया महिला र ४३ वर्षीय पुरुष र शुक्लागण्डकी–१२ की ४२ वर्षिया महिला समेत कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
योसँगै जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ११७ जना पुगेको छ ।
अहिलेसम्म जिल्ला २६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button