तपाईँ सुन्दै हुनुहुन्छः

आँबुखैरेनीका कोरोना संक्रमित पुरुषको मृत्यु

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ का ४५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।
सोमबार बिहान ४ः४५ बजे ती पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यही वैशाख ११ गते निमोनियाको उपचारका लागि अस्पताल भर्ना भएका उनमा १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button