तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा निषेधाज्ञा अवज्ञा गर्ने एक जनालाई ९ हजार १ सय जरिवाना 

भैरहवा । रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी कारबाही गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्ने चितवनको राप्ती नगरपालिका–४ घर भई हाल सिद्धार्थनगर नगरपालिका–४ बस्ने ३४ वर्षीय मोहन श्याम वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रशासन कार्यालय पठाइएका वलीलाई सङ्क्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम एक महिना कैद वा सो बराबरको जरिवाना अनुरूप ९ हजार १ सय रुपैयाँ जरिवाना लिई छाडिएको रुपन्देही जिल्लाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी)  सत्यनारायण थापाले जानकारी दिनुभयो ।
निषेधाज्ञाको पालना गराउन खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरी अधिकृत समेतको टोलीलाई डिउटीमा बाधा अवरोध पुर्‍याउने वलीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) सत्यनारायण थापाले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button