तपाईँ सुन्दै हुनुहुन्छः

अब घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न सकिने

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो कित्ता’ कार्यक्रमको सुरुवात गर्नुभएको छ ।प्रधानमन्त्रीले आज मीन भवनस्थित नापी विभागको कार्यालयमा कार्यक्रम सुरू गर्नुभएको हो ।

उक्त व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसवाफतको शुल्क बुझाउन मालपोत कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ ।

‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर उक्त सेवा लिन सकिने नापी विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिनुभयो । सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन उक्त सेवा सुरु गरिएको उहाँले बताउनुभयो ।

सूचना अधिकारी ढकालका अनुसार आज उक्त सेवा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागु हुनेछ । त्यसपछि एक हप्ताभित्र काठमाडौं उपत्यकाभरी र क्रमशः देशैभरका १२६ वटा नापी कार्यालयबाट मेरो कित्ता सेवा सुरु हुने विभागले जनाएको छ ।
सम्वन्धित समाचार हेनुहोस् 

अब घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न सकिने, आजैबाट लागू हुँदैछ ‘मेरो कित्ता’कार्यक्रम

प्रतिक्रिया राख्नुहोस्

Back to top button