तपाईँ सुन्दै हुनुहुन्छः

कोदालो प्रहारबाट एक बृद्धको मृत्यु

बागलुङ। बागलुङको काठेखोलामा एक युवाको कोदालो प्रहारबाट एक बृद्धको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । काठेखोला गाउँपालिका–२ भीमापोखरामा स्थानिय ३५ बर्षिय सोम किसानले गरेको कोदालो प्रहारबाट गम्भिर घाइते भएका ८४ बर्षिय याम बहादुर केसीको उपचारको क्रममा धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको हो ।

यस्तै गम्भिर घाइते भएका सोही ठाउँका विष्णुमति चापागाई र लक्ष्मी चापागाईलाई थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालका डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो ।किसानले सोमबार विहान बाटोमा हिडिरहेका र स्थानियहरुको घरमा पुगेर बाहिर बोलाउँदै धारिलो हतियार कोदालो प्रहार गरेको स्थानियहरुले प्रहरीलाई बताएका छन् । किसानलाई दोविल्ला प्रहरी चौकी अक्षेतेले नियन्त्रणमा लिएको छ ।

घटनाको जानकारी पाएपछि घटनास्थल पुगेका दोविल्ला प्रहरी चौकी अक्षेतेले किसानलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरिक्षक प्रेम बहादुर खड्काले जानकारी दिनुभयो । सोही घटना बाट अन्य चार जना स्थानीय समेत घाइते छन् । घटनाको बिबरण संकलन भैरहेको खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button