तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिमी वायुको प्रभाव कायमै, हल्का वर्षाकाे संभावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

सोमवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना छ ।

राती देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button