२०७९ साल असार १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानको रक्षामन्त्रीका चालक र छोराको हत्या

रेडियो नेपाल २०७७ फागुन ३ गते १०:२८

इस्लाम क्वाला, अफगानिस्तान। अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उहाँका छोराको हत्याभएको छ ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उहाँका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो ।

राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उहाँहरुको हत्या भएको अधिकारीहरुले जनाएका छन् ।

देशका शान्ति स्थापनाका लागि प्रयासहरु भइरहेका बेला दर्दनाक हिंसात्मक घटनाहरु पनि भइरहेका हुन् ।घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरुले बताएका छन् ।
लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरु भइरहे पनि सफलता मिल्न सकेको छैन ।

रासस/एएनआई

सम्बन्धित