तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय प्रर्यटनको प्रवर्द्धन गर्ने उद्येश्यले कोशी महोत्सव

सुनसरी । कोशी टप्पुलाई प्रदेशकै मुख्य पर्यटन क्षेत्रका रूपमा चिनाउने उद्देश्यले आइतबारबाट सुनसरीको कोशी गाउँपालीकामा दोस्रो कोशी महोत्सव सुरु भएको छ ।

स्थानीय प्रर्यटनको प्रवद्र्धन गर्ने उद्येश्यले महोत्सवमा तेस्रो वी.पी. कोइराला राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताका उद्घाटन पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गर्नु भएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय हाता अगाडी सुरु प्रतियोगितामा दुई विभागीय सहित ५ वटा प्रदेशको सहभागिता रहेको छ । आयोजना गरेको तेस्रो राष्ट्रिय कुस्ती प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस र नेपाल आर्मीले सहभागिता जनाएको छ । त्यसै गरी प्रदेश तर्फ ४ र ६ नम्बर बाहेकका प्रदेशले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा विभिन्न ४ वटा तौल समूहमा गरी ३५ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगिता अन्र्तगत पहिलो चरणका खेलहरु भए जस मध्ये अधिकांश समूहमा राष्ट्रिय खेलाडी हावी भएका छन् । प्रतियोगिताको अघिल्ला राउण्ड सहित फाइनल प्रतिष्पर्धा हुने छ ।

आयोजकले दर्शक भित्र्याउन नेपाल र भारतमा नाम चलेका कुस्तीबाजलाई बोलाएर दंगल खेल समेत संचालनमा ल्याइने जनाएको छ

उद्घाटन कार्यक्रममा प्रदेश एक प्रमुख प्रतिपक्षी दल नेता राजीव कोइराला,इनरुवा नगरपालिकाका मेयर राजन मेहता,हरिनगर गाउँपालीका अध्यक्ष गफार अन्सारी,कोशी गाउँपालीकाकि उपाध्यक्ष अनिता यादव,कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी,सुनसरीका सिडिओ फणीन्द्रमणि पोखरेल,नेपाल प्रहरीका एसपी कमल थापा,सशस्त्र प्रहरी बल नेपाल सुनसरीका एसपी माधव पौडेल, सृष्टि समाज इनरुवाका वसन्त सुवेदी,शम्भु आचार्यलगाय उपस्थिति रहेकोे थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button