तपाईँ सुन्दै हुनुहुन्छः

आयोगका अध्यक्ष र सदस्यद्वारा पदभार ग्रहण

कैलाली । भूमिसम्बन्धी समस्या समाधान आयोग कैलालीका अध्यक्ष र सदस्यले आज पदभार ग्रहण गर्नुभएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय जिल्ला समन्वय समितिको सभा हलमा आयोजित एक कार्यक्रमबिच आयोगका अध्यक्ष दीपक देवकोटा र सदस्य दुर्जराज चौधरीले पदभार गर्नुभएको हो ।

कार्यक्रममा अर्का सदस्य भने अनुपस्थित हुनुहुन्थ्यो । पदभार ग्रहण कार्यक्रमका क्रममा अध्यक्ष देवकोटाले लामो समयदेखि जटिल समस्याका रुपमा रहेको उक्त समस्या समाधानका लागि आफूहरूले पहल गर्ने जानकारी दिनुभयो ।

अध्यक्ष देवकोटाले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबास नागरिकलाई व्यवस्थित गर्ने उद्देश्यका आयोग गठन गरिएको आयोगले भूमिसम्बन्धी सबै समस्याको समाधान गर्ने बताउनुभयो ।

पदभार ग्रहण कार्यक्रममा आयोगका प्रदेश सदस्य अगस्त अधिकारी, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, जिल्ला समन्वयका अधिकारी, नापी र मालपोतका कार्यालयका प्रमुखलगायतको सहभागिता थियो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button