तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको पहाडी क्षेत्रमा सुन्तला उत्पादनमा कमी

चितवन । चितवन जिल्लाको पहाडी क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ९३ दशमलव ५३ मेट्रिक टन सुन्तला कम उत्पादन भएको कृषि ज्ञान केन्द्र भरतपुरले जनाएको छ ।
चितवन जिल्लामा १९९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यस वर्ष जिल्लामा एक हजार ८१९ दशमलव ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।
गत वर्ष सोही क्षेत्रफलमा एक हजार ९१० दशमलव ४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लामा यस वर्ष ईच्छाकामना गाउँपालिकामा सुन्तलाको उत्पादन राम्रो भएको भए पनि भरतपुर महानगरपालिकामा भने अपेक्षाकृत रुपमा उत्पादन नभएको केन्द्रकी सूचना अधिकारी सुरुचि त्रिपाठीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button