त्रिभुवन आर्मी क्लब ६–१ गोल अन्तरले विजयी
काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकाविरुद्ध ६–१ गोल अन्तरको जीत दर्ता गरेको छ ।
आर्मीको जारी लिगमा यो आठौँ जीत हो । आर्मीको जीतमा रश्मि घिसिङले चार गोल गर्दा विमला चौधरीले एक गोल थप्नुभएको थियो । चन्द्रपुरकी रजनी थोकरले एक गोल गर्नुभयो ।
आर्मीले दश खेल खेल्दा ८ खेलमा जीत हात पारेको छ भने एक खेलमा बराबरी र एक खेलमा पराजित हुँदै २५ अङ्क बनाएको छ । शीर्ष स्थानमा रहेको एपीएफले शतप्रतिशत नतिजा निकाल्दै २७ अङ्क जोडेको छ ।
प्रतिक्रिया राख्नुहोस्