तपाईँ सुन्दै हुनुहुन्छः

राजनैतिक स्थायित्व र समृद्धिको लागि ताजा जनादेश : उपप्रधानमन्त्री पोखरेल

पोखरा । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले राजनैतिक स्थायित्व र समृद्धिको अभियानलाई पुरा गर्न ताजा जनादेशमा जानु परेको बताउनुभएको छ ।

प्रेस सङ्गठन नेपाल गण्डकी प्रदेशस्तरीय भेलाको आज पोखरामा उद्घाटन गर्दै समृद्धि र स्थायित्वका लागि निर्वाचनमा जानु परेको बताउनु भएको हो ।

मुलुकको समृद्धि र राजनैतिक स्थिरताका लागि पार्टीको एकीकरण भएको चर्चा गर्नु हुँदै उपप्रधानमन्त्री पोखरेलले पार्टी भित्र देखिएको पदलोलुपता र सत्ता लिप्साको कारण लक्षित योजनाले साकार रूप पाउन नसकेको बताउनुभयो । उहाँले केपी ओली नेतृत्वको सरकारले जनताले प्रत्यक्ष विकासको अनुभव गर्ने गरी काम गरिरहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button