तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमका पत्रकार चित्राङ्ग थापा गोतामे पत्रकारिता स्वर्ण पदकबाट सम्मानित

बीरगंज । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले गोतामे पत्रकारिता स्वर्ण पदकबाट चित्राङ्ग थापालाई सम्मान गरेको छ ।

विगत ३ दशकभन्दा लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका थापाले सुदूरपश्चिमका छाउ प्रथा लगायतका विभिन्न विकृति, विसङ्गति विरुद्ध एवं सुदूरपश्चिमका नागरिकका समस्याहरूको बारेमा निरन्तर कलम चलाउँदै आउनुभएको छ ।

दशाँै गोतामे पत्रकारिता स्वर्ण पदकबाट पत्रकार थापालाई आज नेपाल पत्रकार महासङ्घ पर्सा शाखामा आयोजित एक कार्यक्रमका बीच १ तोला सुनको तक्मा, सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मानित गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष जगदिश प्रसाद शर्माको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा वरिष्ठ उद्योगपति मुरलीधर रुंगटा, समाजसेवी पशुपति विक्रम साह, उषा साह, नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी, पर्साका कार्यवाहक प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेल, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, स्वर्गीय पत्रकार गोपालचन्द्र गौतमकी श्रीमती सुधा गौतम, पत्रकार महासङ्घ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, प्रेस युनियनका केन्द्रिय महासचिव अजयबाबु शिवाकोटी, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश न. २ का अध्यक्ष गणेश लाठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा खोज पत्रकारिता केन्द्रका अध्यक्ष चन्द्रकिशोर झाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button