२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

बन्दीपुरको थुम्कामा एक चितुवा मृतावस्थामा फेला

किरण श्रेष्ठ २०७७ फागुन २ गते १४:००
तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकास्थित थुम्कामा शनिबार एक चितुवा मृतावस्थामा फेला परेको छ ।
बन्दिपुर गाउँपालिका–५ थुम्कामा पोथी प्रजातिको चितुवा मृतावस्थामा फेला परेको हो ।
अन्दाजी सात/आठ वर्षको चितुवा ३८ किलोको रहेको सब डिभिजन कार्यालय विमल नगरका प्रमुख सुरेज भुजेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार विषादी प्रयोग भएको आहारा खाएर चितुवाको मृत्यु भएको हुने सक्ने प्रारम्भिक आङ्कलन गरिएको छ । थप कारण विस्तृत अनुसन्धानबाट खुल्ने उहाँले बताउनुभयो ।
विगत एक वर्षमा तनहुँका विभिन्न स्थानमा मृत फेला पर्ने चितुवाको सङ्ख्या आठ पुगेको छ ।
डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैँचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ वसन्तपुर र व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृतवस्थामा फेला परेको थियो ।

सम्बन्धित