तपाईँ सुन्दै हुनुहुन्छः

महिलाको हत्या गरेको अभियोगमा दुई जना पक्राउ

बारा । बाराको महागढीमाई नगरपालिका–१ बस्ने कान्तिदेवी कुशवाहाको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा महागढीमाई नगरपालिका–१ बरियापुर कचहरी टोल बस्ने ४२ वर्षीय लालबाबु प्रसाद कुशवाहा र सोही ठाउँ मठवा टोल बस्ने ४८ वर्षीया धनेश्वरी देवी कुशवाहा रहेका छन् ।

कान्तिदेवी आफ्नै घरमा माघ २५ गते राति मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा मृतकका परिवार र धनेश्वरीबीच जग्गा लगायत विविध विषयमा विवाद रहेकाले आपराधिक प्रवृत्तिका लालबाबुलाई परिचालन गराई कान्तिदेवीको हत्या गराएको खुल्न आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button