तपाईँ सुन्दै हुनुहुन्छः

‘किसानको श्रमको मूल्य उठ्ने गरी वस्तुको मूल्य निर्धारण गरिनुपर्छ’

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानको श्रमको मूल्य उठ्ने गरी कृषि उत्पादनका वस्तुको मूल्य निर्धारण गरिनुपर्ने बताउनुभएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २७ औँ वार्षिकोत्सव समारोहलाई आज (शनिबार) काठमाडौँमा सम्बोधन गर्दै मन्त्री अर्यालले कृषि उत्पादन किसानदेखि उपभोक्तासम्म आउनका विभिन्न तहका कारण किसानहरू मर्कामा परेको बताउनुभयो ।
मन्त्री अर्यालले कृषि उपजको लगानी उठ्ने र किसानले आवश्यक नाफा प्राप्त गर्ने गरी मूल्य निर्धारण गरी बजारसम्म लैजाने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
मुलुकको समृद्धि कृषि क्षेत्रबाटै सम्भव रहेको भन्दै मन्त्री अर्यालले कृषिको सम्भावना, वातावरणीय सम्भावना र नेपाली सभ्यता जस्ता कुराहरू विश्वका धेरै मुलुकहरूले अनुकरण गर्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button