तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री नेम्वाङद्वारा तीन आयोजनाको शिलान्यास    

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पाँचथरको सदरमुकाम फिदिममा आज एकैसाथ तीन वटा आयोजनाको शिलान्यास गर्नुभएको छ ।
मन्त्री नेम्वाङले फिदिम बजारभित्र निर्माण हुन लागेको फिदिम रङ्गशाला, बजारभित्रका सडकको कालोपत्रे तथा फिदिम माध्यमिक विद्यालयको १२ कोठे भवनको आज एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभएको हो ।
तीन वटै आयोजनाको शिलान्यास समारोहमा बोल्नुहुँदै मन्त्री नेम्वाङले पूर्वाधार विकास र जनतालाई सहज सेवा दिने कार्य कुनै पनि बहानामा रोकिन नहुने बताउनुभयो ।
मन्त्री नेम्वाङले पूर्वाधार निर्माण कार्यलाई घोषित निर्वाचनले कुनै असर नगर्ने बताउँदै सबै आयोजनाको समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button