तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरामा पहिलो पटक मनाइयो १०औँ रेडियो दिवस 

डडेलधुरा ।  डडेलधुरामा पहिलो पटक १० औँ रेडियो दिवस मनाइएको छ ।

आज  १०औँ विश्व रेडियो दिवस पहिलो पटक यहाँका छ वटा रेडियोहरूले संयुक्त रुपमा अन्तरक्रिया गरेर मनाइएको हो ।

नयाँ विश्व नयाँ रेडियो भन्ने नाराका साथ रेडियो सुदूर आवाज, रेडियो अमरगढी, रेडियो युनिटि, आफ्नो एफएम, परशुराम एफएम र रंगुन एफएमको संयुक्त आयोजनामा वर्तमान अवस्थामा रेडियोको भूमिका विषयक अन्तरक्रिया गरी रेडियो दिवस मनाइएको हो ।

रेडियोको भूमिका सबै कालखण्डमा महत्त्वपूर्ण नै रहेको अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद ओझाले बताउनभयो । अन्तरक्रिया कार्यक्रममा समय सापेक्ष रेडियोहरूले श्रोताहरूलाई रुचाउने खालका कार्यक्रम ल्याउनु पर्नेमा सहभागीहरूले जोड दिनुभयो ।

विपत् लगायत महामारीमा रेडियोहरूको भूमिका सूचना आदान प्रदान गर्नेदेखि ज्ञान बढ्ने, सिकाइको स्रोत, खबरदारी गर्ने र मनोरञ्जनका क्षेत्रबाट समुदायका समस्या समाधानतर्फ उन्मुख भूमिका निर्वाह रेडियोहरूले गर्दै आएको रेडियोकर्मी एवं सञ्चालकहरूको भनाई थियो ।

कोरोना संक्रमणकाल लकडाउनका समयमा सचेतनाका साथै बिद्यार्थीहरुका लागि पाठशाला समेत  बन्न पुगेको रेडियाले आम नागरिकहरूलाई ठुलो सेवा पुर्‍याउँदैआएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button