मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले चेतनाको अभावमा विकास सम्भव नरहेको बताउनुभएको छ ।
शनिवार हेटौँडा–९ स्थित दिव्यज्योती आधारभूत विद्यालयको अभिभावक भेलाको उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले समाज विकासका लागि शैक्षिक चेतना अभिवृद्धि हुन जरुरी रहेको बताउनुभएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख खुलालले विकासका लागि समुदायको चेतना अभिवृद्धि हुनु पर्ने र चेतना अभिवृद्धिका लागि शिक्षा महत्त्वपूर्ण हुने बताउनुभयो ।
भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले १४३ जना विद्यार्थीहरू अध्ययनरत विद्यालयले कोभिड महामारीका समयमा समेत सिकाई सहजीकरण, घरदैलो एवम् घुम्ती कक्षा जस्ता शिक्षण सिकाइका कामलाई निरन्तरता दिएको जानकारी दिनुभयो ।