तपाईँ सुन्दै हुनुहुन्छः

भुकम्पका प्रभावित सडकको पुनर्निर्माण अन्तिम चरणमा

मकवानपुर । २०७२ सालको भुकम्पका कारण क्षति भएको सडकमध्ये मकवानपुरमा निर्माणाधिन भीमफेदी–इपा–देउराली–सिस्नेरी सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।

२३ दशमलव ६४० कलिोमिटर सडकको पुनर्निर्माण अन्तिम चरणमा पुगेको भुकम्प पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन) कार्यालयले जनाएको छ ।

२०७२ सालको भुकम्पका कारण क्षति भएको सडकहरुमध्ये मकवानपुरमा एकमात्र निर्माणाधिन भीमफेदी–इपा–देउराली–सिस्नेरी सडक भुकम्प पुनर्निमाण प्राधिकरण मार्फत पुनर्निर्माण भइरहेको छ ।

२३ दशमलव ६४० किलोमिटर लामो उक्त निर्माणाधिन सडक २५ करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको छ । भने उक्त सडकमा दुईवटा पुल समेत निर्माण भइरहेको छ ।

२०७५ साल मंसिर २५ गते टेण्डर भएको उक्त सडक १८ महिनामा र पुलको २०७८ साल असाढ १६ गते सम्पन्न गर्ने गरी २०७६ पुष १६ गते सम्झौता भएको हो ।

हालसम्म सडक निर्माणको भौतिक प्रगति ८५ प्रतिशत र पुल निर्माणको भौतिक प्रगति ३० प्रतिशत भएको कार्यालयका प्रमुख बिमल किशोर केपीले जानकारी दिनुभयो । सडक र पुल तर्फको वित्तिय प्रगति भने १२ प्रतिशत मात्र रहेको उहाँले जानकारी दिनुभयो ।

निर्माणाधिन सडक र पुलको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको टोलीले अनुगमन गर्नुभएकोे छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल सहितको टोलीले अनुगमनका क्रममा निर्माणको जिम्मा पाएको कम्पनीका प्रतिनिधिहरुसँग निर्माणको अवस्थाका बारेमा जानकारी समेत लिनुभएको थियो ।

सो क्रममा जिसस प्रमुख खुलालले समयमै निर्माण सम्पन्न गर्ने गरि काम अगाडी बढाउन निर्देशन दिनुभयो । उहाँले प्राधिकरणको समय समाप्त हुन लागेको भन्दै उहाँले समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो ।

निर्माण कम्पनीका प्रतिनिधिले कोरोना महामारी तथा मौसमको प्रतिकुलताका बातावरणका कारण केही ढिला काम सुरु भएको भएता पनि समयमै काम सम्पन्न हुने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button