२०७९ साल असार १२ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा बुटवलमा केबलकार शिलान्यास गर्नुहुँदै (लाइभ)

रेडियो नेपाल २०७७ फागुन १ गते १३:०१

बुटवल। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बुटवलदेखि पाल्पा जोड्ने केबलकार शिलान्यास गर्नुभएको छ ।प्रधानमन्त्रीले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको  शिलान्यास गर्नुभएको हो ।

लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ । ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा केबलकार निर्माण हुन लागेको हो ।नेपाल सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति प्रदान गरिसकेको छ ।

सम्बन्धित