२०७९ साल असार १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा श्रीमानको शंकास्पद मृत्यु, श्रीमती गम्भिर घाईते

गजेन्द्र राई २०७७ फागुन १ गते ११:५६

उदयपुर।उदयपुरमा एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेको छ । मृत फेला पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका ११ स्थित शिवालयटोल बस्ने बर्ष ६६ को बिरेन्द्र कुमार राई रहेको छ ।

उनको शंकास्पद अवस्थामा आफ्नै घरमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहालले बताउनुभयो  । एसपी दाहालका अनुसार मृतक बिरेन्द्रको श्रीमती रिता राई भने मुखभरी बिष दलिएको अवस्थामा घर बाहिर भेटिएको थियो । उनलाई श्रीमानको हत्यपछि बिष सेवन गराएर बार्दलीबाट फालिदिएको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुमान छ ।

अहिले मृतक राईको शब आफन्त आउन बाँकी रहेकाले उनकै घरमा राखिएको छ भने घाईते श्रीमतिलाई जिल्ला अस्पताल उदयपुरबाट थप उपचारको लागि बिराटनगर लागिएको छ ।

सम्बन्धित