तपाईँ सुन्दै हुनुहुन्छः

महाकालीमा र्‍याफटिङका लागि तीन नगरपालिकाबीच सम्झौता

कञ्चनपुर । महाकाली नदीमा र्‍याफटिङका लागि सुदूरपश्चिमका तीन वटा नगरपालिकाबीच लिखित सम्झौता भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका, डडेलधुराको परशुराम नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाबीच सम्झौता भएको हो ।  तीन वटै नगरपालिकाका प्रमुखहरू र कर्णाली र्‍याफटिङ एण्ड एड्भेन्चर प्रा।ली।ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) अन्तरगत सञ्चालित ट्रोसा कार्यक्रमको सहकार्यमा ३ वटै नगरपालिका, सम्बन्धित जिल्लामा कार्यरत गैरसरकारी संस्था र एड्भेन्चर प्रालीले महाकाली नदीमा जलयात्रा गर्ने योजना बनाएका हुन् । ट्रोसा कार्यक्रमका अधिकृत अमर बहादुर साउदले बैतडीको रुडेस, डडेलधुराको रुडुक र कञ्चनपुरको निड्स उक्त जलयात्रा योजनाका लागि सहकार्य गर्ने बताउनु भएको छ ।

महाकाली नदी जलाधार क्षेत्रमा रुडुकरुडेस र निड्सले सीमा नदीको सामुदायिक सदुपयोग कार्यक्रम सञ्चालन गरिरहेकाले नदीको पर्यापर्यटनलाई कायम राख्न जलयात्राको योजना ल्याएको ट्रोसा कार्यक्रमका अधिकृत साउदले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button