२०७९ साल असार १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाले आज बुटवलमा जनसभा गर्दै : प्रधानमन्त्री ओलीले संवोधन गर्नुहुने

रेडियो नेपाल २०७७ फागुन १ गते ८:३३

रुपन्देही । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउनुहुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीले आज बुटवलमा गर्न लागेको वृहत जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुटवल आउनुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा प्रदेश इन्चार्ज शंकर पोखरेलले जानकारी दिनुभयो ।

बिहान ११ बजे बुटवलस्थित सिद्देश्वरी मैदानमा हुने जनसभालाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री तथा स्थायी कमिटी सदस्य टोपबहादुर टोपबहादुर रायमाझी, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बुटवल आइसक्नुभएको नेकपा लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले जानकारी दिनुभयो ।

अध्यक्ष गिरीले बुटवलको जनसभामा अहिलेसम्मकै ऐतिहासिक जनसहभागिता हुने बताउनुभयो ।

सम्बन्धित