२०७९ साल असार १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरबाट यु–१३ फुटबलका लागि ३२ खेलाडी छनौट 

विश्व अधिकारी २०७७ माघ ३० गते १९:१९
मकवानपुर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को १३ वर्षभन्दा कम उमेर (यु–१३)का खेलाडी छनौट कार्यक्रम अन्तरगत मकवानपुरबाट ३२ जना खेलाडीहरू छनौट भएका छन् ।
हेटौँडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको छनौट कार्यक्रममा जिल्लाका ३२ जना खेलाडी छनौट भएका हुन् ।
गत मङ्गलवारबाट सुरु भएको छनौट कार्यक्रममा २०६५ साल असोज १५ गतेदेखि २०६६ असोज १४ गतेसम्म जन्मेका किशोर खेलाडीहरूले जन्म दर्ता प्रमाणपत्र संलग्न गरी फारम भरेका थिए ।
छनौट कार्यक्रममा सहभागी भएका ७० जनाबाट ३२ जना छनौट भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले जानकारी दिनुभयो ।
छनौट भएका खेलाडीहरूलाई केही समयको प्रशिक्षणपछि थप प्रशिक्षणका लागि एन्फामा लगिने बताइएको छ । एन्फाको वार्षिक क्यालेन्डर अनुसार खेलाडी छनौट भएको हो ।

सम्बन्धित