तपाईँ सुन्दै हुनुहुन्छः

महामारीका बेला रेडियोहरूको भूमिका महत्त्वपूर्ण : मन्त्री गुरुङ

File Photo
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले महामारीका बेला समाजमा सकारात्मक सन्देश प्रवाह गर्न रेडियोहरूको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताउनुभएको छ ।
विश्व रेडियो दिवसको पूर्वसंध्यामा ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) र एन्टेना फाउन्डेसनले आज काठमाडौँमा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री गुरुङले समाजको रूपान्तरणमा सबै प्रकारका रेडियोहरूले प्रभावकारी भूमिका खेल्दै आएकोमा त्यस किसिमको कामको सराहना गर्नुभयो ।
कार्यक्रममा  ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपाने, अकोराबका अध्यक्ष सुभाष खतिवडा, एमराक एसिया प्यासिफिकका क्षेत्रीय संयोजक सुमन बस्नेत, द स्टोरी किचेन संस्थाका अध्यक्ष जया लुइँटेल लगायतका बक्ताले नेपालका रेडियोहरूले समाजको जागरणमा राम्रो भूमिका निर्वाह गदै आएको र अझै पनि जनताबिच प्रभावकारी माध्यमका रुपमा रहेको बताउनुभयो । कार्यक्रमको सहजकर्ता एन्टेना फाउन्डेसनका बिनय गुरागाईँले गर्नु भएको थियो ।
कार्यक्रममा रेडियो नेपाल, सामुदायिक रेडियो प्रसारक संघका साथै विभिन्न रेडियोका पदाधिकारी तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button