हालसम्म कूल संक्रमित मध्ये ९८ दशमलव ६ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ४ हजार वटा नमुना परिक्षण गर्दा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको छ ।
आज कोरोना सङ्क्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमण पछि मृत्यु हुनेको सङ्ख्या २ हजार ५४ पुगेको छ ।
देशभर रहेका १ हजार ७ सय ७ सक्रिय संक्रमित मध्ये ६२ जनाको आइसियु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।