तपाईँ सुन्दै हुनुहुन्छः

बाढीपीडित ९७ परिवारलाई खाद्यान्न सहयोग

अछाम । अछामको मंगलसेन नगरपालिकाले ५ वडाका ९७ जना बाढीपीडित किसानलाई राहत वितरण गरेको छ । गत भदौ २ गते अविरल वर्षाका कारण बाली बगाएका पीडित किसानलाई राहत वितरण गरेको हो । भदौ २ गते रातिको अविरल वर्षा पछि कैलाश खोलामा आएको  बाढीले बढी नोक्सानी गरेका नगरपालिकाका वडा नम्बर ९, १०, ११, १२ र १४ का किसानलाई राहत वितरण गरेको हो ।
मंगलसेन नगरपालिका प्रमुख एव  विपद् जोखिम न्यूनीकरण व्यवस्थापन समिति संयोजक पदम बहादुर बोहरा नेतृत्वमा गएको टोलीले नगरका ५ वडाका ९७ घरपरिवारलाई खाद्यान्न स्वरूप चामल वितरण गरेको हो ।
ती वडाका किसानको खेतबारी बगाएको जमिनको क्षेत्रफलको आधारमा ५ रोपनी भन्दा कम बगाएका किसानलाई ६० केजी र त्यो भन्दा माथिका किसानलाई ९० केजीका दरले चामल हस्तान्तरण गरिएको हो । चामल हस्तान्तरण गर्दै नगर प्रमुख बोहराले किसानलाई क्षतिपूर्ति नभएर पीडित किसानलाई तत्कालका लागि राहत स्वरूप खाद्यान्न उपलब्ध गराइएको  बताउनुभयो । नगरसँग पीडितका लागि राहत दिन छुट्टै कोष नभए पनि नगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार आन्तरिक रुपमा बजेटबाट भए पनि किसानलाई राहत दिएको बताउनु भयो ।
तथ्याङ्क सङ्कलन गरी किसानका खेति योग्य जमिन, घट्ट, सिचाई, कुला, तटबन्ध लगायत निर्माण गर्नुपर्ने पूर्वाधारलाई पुन निर्माण सहित क्षतिपूर्तिका लागि सम्बन्धित प्रदेश र केन्द्र सरकार समक्ष फाइल पठाइसकेको बताउनु भयो ।
नगरप्रमुख बोहराको टोलीले वडा नम्बर १ देखि १४ सम्म कैलाश खोला छेउछाउको सबै खेतको अनुगमन गरी वडा मार्फत नगरमा आएका निवेदनका आधारमा राहत उपलब्ध गराइएको जानकारी दिनुभयो । प्रत्येक किसानको तथ्याङ्क सहित दोहोरो अनियमितता नहोस् भनी किसानलाई राहत स्वरुप चामल दिइएको नगरपालिकाका विपद् जोखिम न्यूनीकरण व्यवस्थापन समिति सदस्य सचिव नरेश बहादुर कठायतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button