तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको प्रमुख राजनीतिक सल्लाहकारमा जिसी नियुक्त

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलको प्रमुख राजनीतिक सल्लाहकारमा पाल्पाका झपेन्द्र बहादुर जिसी नियुक्त हुनु भएको छ ।

बिहीबार सम्पन्न लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा पाल्पाका जिसीलाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो ।

जिसीलाई राज्यमन्त्री सरहको सेवा सुविधा दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

जिसी हाल नेकपा लुम्बिनी प्रदेशका सदस्य एवं प्रचार विभाग प्रमुख हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button