तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता, विश्वलाई सकारात्मक सन्देश

बेइजिङ्ची। नका राष्ट्रपति सि जिन पिङ र अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनका बीच समकक्षीका रुपमा पहिलो पटक फोन वार्ता भएको छ ।

वाइडेन गत जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस प्रवेश गरेपछि बिहीबार उहाँहरुबीच पहिलो पटक टेलिफोन कुराकानी भएको हो ।

विश्वका दुई शक्तिशाली तर एक अर्काका प्रमुख प्रतिश्पर्धी मुलुकका प्रमुखहरुका बीचमा भएको कुराकानीले विश्वलाई नै सकारात्मक सन्देश दिएको छ ।

टेलिफोन कुराकानीका क्रममा उहाँहरुले चिनियाँ नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान गर्नुभएको थियो ।

नयाँ वर्षको अवसरमा मनाइने यस पर्वलाई चीनमा अत्यन्त महत्वका साथ मनाइने बसन्त पर्वकोरूपमा लिइन्छ । चिनियाँ परम्परा अनुसार हरेक बर्षको फेब्रुअरी १२ मा यो पर्व मनाउने गरिन्छ ।

महत्वपूर्व पर्वको अघिल्लो दिन दुई राष्ट्राध्यक्षबीचको कुराकानीले दुवै देश सहित विश्वभरी नै सकारात्मक तरङ्ग फैलाएको छ ।

उहाँहरुबीच यस पर्वको शुभकामनासँगै द्विपक्षीय सम्बन्ध र महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे गहिरो रूपमा विचार पनि आदान प्रदान भएको छ ।

दुई नेताबीचमा सिधा कुराकानी हुनुलाई राम्रो सङ्केतका रूपमा लिन सकिने विश्लेषकहरुले बताएका छन् । यसले बाँकी विश्वलाई पनि फाइदा नै गर्ने उनीहरुको भनाइ छ ।

दुई नेताले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा नजिक रहेर काम गर्ने प्रतिवद्धता गर्नु अर्को सुखद पक्ष मानिएको छ ।

टेलिफोन कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनले चीनसँग आफु रचनात्मक र उपलब्धिमुलक वार्ता गर्न चाहेको उल्लेख गर्नुभएको थियो ।

दुई पक्षकाबीचमा आत्मीक सम्वन्ध बढाउन, दुई पक्षीय बुझाई साझा र राम्रो बनाउन सहयोगी हुने बैठक तथा वार्ताका लागि इच्छुक रहेको उहाँको भनाई थियो ।

त्यसैगरी एक अर्काप्रतिको गलत बुझाई र गलत सञ्चारका बारेमा पनि स्पष्टता आवश्यक रहेकोमा वाइडेनले जोड दिनुभएको थियो ।

वार्तामा चिनियाँ राष्ट्रपति सीले विगतको आधा शताब्दीमा चीन र अमेरिकाबीचको सम्बन्धमा विकास भएको प्रकृयाबारे समीक्षा गरी आगामी दिनमा त्यस्तो नहुने विश्वास व्यक्त गर्नु भएको थियो । उहाँले दुई देशबीच सहयोग भए साझा फाइदा हुने र द्वन्द्व भए दुवै पक्षलाई हानी हुने दोहो¥याउनु भएको थियो ।

टेलिफोन वार्ताका क्रममा सीले विभिन्न संयन्त्र बनाएर दुई देशका कुटनीतिक, आर्थिक, बैकिङ्ग, कानुन कार्यन्वयन, सेनालगायत विभागबीच सम्पर्क गरी आपसी राजनीतिक लक्ष्यलाई सही तरिकाले बुझ्ने प्रस्ताव गर्नुभयो ।

निरन्तर र निकट रहेर वार्ता गर्ने दुवै राष्ट्राध्यक्षको चाहनाले बेइजिङ् र वासिङ्टनबीचको विगतको दुरी घट्ने संभावना अन्त्यन्त धेरै देखिएको छ ।

पछिल्ला केही बर्ष चीन र अमेरिकाका बीचमा नराम्रो सम्वन्ध बढ्दै गएको थियो । कतिपय अवस्थामा लामो समयपछिकै सवैभन्दा नमिठो पनि महसुस गरिएको थियो ।

चीन र अमेरिकाका नेताले अव भने असामान्य क्षमता र साहस देखाउनसक्ने धेरैले अपेक्षा गरेका छ । विशेष गरी अमेरिकाले यस पटकको वार्ताको भावनालाई व्यवहारमा उतारी चीनसँग दुई देशको सम्बन्धको सुधार गर्नसक्ने आशा गर्न सकिन्छ ।

द्विपक्षीय सम्बन्ध सुधार गर्ने दुई नेतामा राजनीतिक इच्छा देखिएकोले पनि यस्तो आशा गर्न सकिने देखिन्छ ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button