तपाईँ सुन्दै हुनुहुन्छः

टोकियो ओलम्पिक प्रमुख मोरी राजिनामा दिने मनस्थितिमा : जापानी सञ्चारमाध्यम

टोकियो। टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरीले महिला अधिकारीबारे गरेको टिप्पणीका कारण जापान र विदेशमा आक्रोश व्यक्त गरिन थालेपछि राजीनामा गर्ने मनस्थितिमा पुग्नुभएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

उहाँले ‘महिलाहरू बैठकमा बढी बोल्छन्’ भनी गरेको अभिव्यक्तिलाई लैङ्गिक रूपमा विभेधकारी रहेको भनी राजनीतिक वृत्तमा आलोचनापछि यो निर्णय आउन लागेको नाम नवताउने शर्तमा अधिकारीहरूले बताएका जापानी सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

उहाँको महिलाबारेको उक्त टिप्पणी आयोजकहरूको लागि पछिल्लो समय टाउको दुखाइ बनेको थियो । महामारीको बावजुद जापानले यसै गृष्म ऋतुमा ओलम्पिक खेल आयोजना गर्ने योजनाबीच ओलम्पिक समितिले उहाँको अभिव्यक्तिलाई लिएर सार्वजनिक असन्तुष्टिको सामना गरिरहेको छ ।

८३ वर्षीय मोरीले शुक्रबार खेल आयोजकहरूको एक बैठकमा आफ्नो राजीनामा घोषणा गर्ने स्रोत नखुलाउने शर्तमा अधिकारीहरूले बताएका जापानी सञ्चारमाध्यमहरूले लेखेका छन् ।

उहाँको सबैभन्दा बढी सम्भावित उत्तराधिकारीका रूपमा ८४ वर्षीय सबुरो कावाबुचीलाई अघि सारिने पनि समाचारहरूमा उल्लेख छ ।

जापानका पूर्व प्रधानमन्त्रीसमेत रहेका मोरीले जापानी ओलम्पिक समितिका सदस्यहरूलाई आफूले गत हप्ता गरेको टिप्पणीका कारण यो निर्णय लिन दवाव परेको बताइएको छ ।

“जब तपाईं महिला कार्यकारी सदस्यहरूको सङ्ख्या बढाउनुहुन्छ, यदि उनीहरूको बोल्ने समय एक निश्चित नभएमा उनीहरूले आफ्नो भनाईलाई निश्कर्षमा पु¥याउन कठिनाई हुने र यो अप्रिय हुने गर्छ,” उहाँले भन्नुभएको थियो ।

उहाँले लैङ्गिक विभेध सिजएना गर्ने अभिव्यक्तिका लागि माफी मागेपनि महिलासँग आँफू धेरै बोल्न नचाहने बताएका कारण समस्या थप जटिल बनेको थियो ।रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button