तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारद्वारा स्रोत नखुलेको रकमसहित चार कर्मचारी नियन्त्रणमा

रूपन्देही । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलले सडक पूर्वाधार बिकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

स्रोत नखुलेको रकम सहित उनिहरुलाइ नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

नियन्त्रणमा लिएकाहरुमा कार्यालय प्रमुख श्रेष्ठसहित ईन्जिनियर निर्मल पन्त, सब ईन्जिनियर प्रेम कुमार बराल र हलुका सवारी चालक मान सिंह पुन मगर रहेका छन् ।

श्रोत नखुलेको १ लाख ९० हजार नगद रकम सहित रोल्पाबाट बुटवलतर्फ आउँदै गर्दा रुपन्देही सैनामैना नगरपालिका वडा नं १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी बनबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।

उनिहरुलाइ नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button