तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं. १ को जनसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

विराटनगर । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं. १ स्तरीय जनसभालाई सम्बोधन गर्ने हुनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा १ नम्बर प्रदेश कमिटीले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो ।
आगामी फागुन ८ गते शनिवार प्रधानमन्त्री सहित सो पार्टीका शीर्ष नेताहरूले जनसभालाई सम्बोधन गर्नुहुने सो पार्टीका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले वताउनुभयो ।
सभालाई गृहमन्त्री रामवहादुर थापा “बादल” तथा अर्का पार्टी नेता सुवास नेम्वाङ सहित शीर्ष नेताहरूले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । प्रदेश स्तरीय जनसभामा  १ लाख ३६ हजारभन्दा बढीको  सहभागिता हुने प्रचार प्रसार उपसमितिका संयोजक राजेन्द्र गौतमले बताउनुभयो ।
अस्थिरता, अराजकता, विखण्डन र राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध हाम्रो अभियान, संविधान राष्ट्रिय स्वाधीनताको रक्षा तथा समृद्धि स्थायित्वका लागी ताजा जनादेश हाम्रो आव्हान भन्ने मुल नाराका साथ जनसभाको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
त्यसका लागी १ हजार १ सय मुल समारोह समिति समेत गठन गरिएको गौतमले बताउनुभयो । जनसभा पुर्व मोटरसाइकल ¥याली तथा मार्चपास अभियान समेत सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button