तपाईँ सुन्दै हुनुहुन्छः

अध्यागमन कार्यविधि संशोधन हुँदैन : गृह सचिव न्यौपाने

काठमाडौँ । गृह सचिव महेश्वर न्यौपानेले महिलाको नैसर्गिक अधिकार कुण्ठित हुने गरी अध्यागमन कार्यविधिमा कुनै पनि संशोधन नहुने बताउनु भएको छ ।
राष्ट्रियसभा र विघटित प्रतिनिधिसभाका महिला सदस्यहरूको टोलीसँग गृह सचिव न्यौपानेले सो  विषयमा प्रस्ट पार्नु भएको हो ।
पहिलो पटक विदेश भ्रमण गर्ने ४० वर्षभन्दा कम उमेरका महिलालाई स्थानीय तहको सिफारिस अनिवार्य गर्ने व्यवस्था अध्यागमन कार्यविधिमा राख्ने तयारी भइरहेको कुरा विभिन्न सञ्चार माध्यममा आएपछि राष्ट्रियसभा तथा विघटित प्रतिनिधिसभाका महिला सदस्यहरूले सुरक्षाका नाममा महिलाको अधिकार कुण्ठित हुने गरी कुनै पनि प्रावधान संशोधन नगर्न गृह सचिव न्यौपानेसँग आग्रह गर्नु भएको थियो ।
विघटित प्रतिनिधिसभाका पूर्व सांसदहरू डा. बिन्दा पाण्डे, विद्या भट्टराई राष्ट्रियसभाका सांसद विमला राई पौडेल, दिलकुमारी रावल थापा, पार्वती लगायतका समूहसँग आज गृह मन्त्रालयमा भएको छलफलमा त्यस किसिमको प्रावधानबारे कुनै छलफल नै नभएको सचिव न्यौपानेले स्पष्ट पार्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button