२०७९ साल असार १९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश मन्त्रीका सुरक्षामा खटिएका सशस्त्र प्रहरी फिर्ता 

अजय कुमार झा २०७७ माघ २९ गते १८:४४
जनकपुरधाम । प्रदेश नंं. २ का सरकारमा रहेका मन्त्रीहरूको सुरक्षामा खटाइएका सशस्त्र प्रहरीहरूलाई सरकारले फिर्ता बोलाएको छ ।
प्रदेश सरकारमा रहेका मन्त्रीहरूको सुरक्षाका लागि सशस्त्र प्रहरी हवल्दार तथा वरिष्ठ सशस्त्र प्रहरी हवल्दारलाई खटाएको थियो । यसै गरी आन्तरिक मामिला तथा कानूनमन्त्रीलाई सशस्त्र प्रहरीका सहायक निरीक्षकको कमान्डमा ८ जना सुरक्षाकर्मी परिचालन गरिइएको थियो ।
सशस्त्र प्रहरीले सात वटै प्रदेशका मन्त्रीहरूको सुरक्षामा परिचालन गरिइएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाउने काम गरेको छ । सशस्त्र प्रहरी संवेदनशील रहेकाले फिर्ता बोलाएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले फौजको नयाँ कार्यविधि अनुसार फिर्ता बोलाएको जानकारी दिनु भएको छ ।
प्रदेश सरकारको सुरक्षाका लागि नेपाल प्रहरी परिचालन गर्ने तयारी भएको छ ।

सम्बन्धित