तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबिच उर्जा क्षमता सुधार सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । रेडियो नेपाल र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबिच रेडियो नेपालको उर्जा क्षमता सुधार सम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के.सी. र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारले हस्ताक्षर गर्नुभयो ।
समझदारी अनुसार वैकल्पिक उर्जा केन्द्रले रेडियो नेपालको प्रसारण केन्द्र भैसेपाटीमा विद्युत् खपत कम हुने तर कम विद्युत्बाट समानस्तरको काम हुने आधुनिक उपकरण जडान गर्ने छ ।
सो उपकरणको जडानबाट रेडियो नेपालको भैसैपाटी प्रसारण केन्द्रको विद्युत् खपतमा कमि आई वार्षिक करिब ६ लाख ५० हजार बराबर लागत घट्ने छ ।
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले उपकरण जडान गरी रेडियो नेपाललाई निःशुल्क रुपमा हस्तान्तरण गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button