तपाईँ सुन्दै हुनुहुन्छः

सेवा प्रवाहलाई नागरिकमैत्री बनाउँदै जुम्ला प्रशासन

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले आफ्ना दैनिक कार्यलाई नागरिकमैत्री बनाउन नागरिकलाई सार्वजनिक सेवाको पहुँचमा ल्याउन डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ ।

केही महिनाअघि नागरिक वितरणमा टोकन प्रणाली र खस भाषामा अडियो नागरिक बडापत्र सञ्चालनले नागरिकको सकारात्मक प्रतिक्रियापछि डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“प्रशासनले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउने, नागरिकका गुनासो सुनुवाइ प्रभावकारी गर्ने कुरा विशेष प्राथमिकतामा राखेको छ । जिल्लाको सुशासन, शान्ति सुरक्षा र सेवा प्रवाहलाई नागरिक मैत्री बनाउने अभियानमा छौ ।”

प्रमुख जिल्ला अधिकारीका रुपमा भुपेन्द्र थापा जुम्ला आएपछि उहाँले प्रशासन सुधार योजना २०७७ लाई पूर्ण कार्यान्वयन स्वरूप विभिन्न प्रशासनिक गतिविधिलाई अघि बढाइएको छ ।

जुम्ला प्रशासनमा सञ्चालन गरिएको डिजिटल नागरिक बडापत्र, तस्बिरः सागर परियार 

जुम्लाका सर्वसाधारणहरूलाई सरकार हाम्रो साथमा छ भन्ने अनुभूति गराउनका लागि निजी क्षेत्र, नागरिक समाज सँग सहकार्य गरेर प्रशासन सुधार योजना, २०७७ को कार्यान्वयनमा जुटेको प्रजिअ थापाको भनाई छ ।

सार्वजनिक सेवामा नागरिकको पहुँच वृद्धिका लागि (प्रशासनको मोबाइल एप्स) समेत सञ्चालनमा ल्याइएको छ । प्ले स्टोरमा गएर डिएओ जुम्ला सर्च गरी डाउनलोड गरेर प्रशासनका सबै सेवा प्रवाहबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ । मोबाइल एप्स माघ २८ गतेबाटै सञ्चालनमा आएको प्रशासनले जनाएको छ ।

नागरिकको भिड नियन्त्रण र नागरिकता वितरण छिटो छरितो गर्न केही महिनाअघि सञ्चालन गरिएको टोकन प्रणाली प्रभावकारी भएको स्थानीयले प्रक्रिया दिएका छन् । भने यसअघिनै स्तनपान कक्ष, नागरिक सहायता कक्ष निर्माण गरिएको थियो ।

साथै अन्य सिफारिस, कामकाजका लागि आफ्नो फाइल कुन शाखामा गएको छ । काम के कति भयो ? कुन कागजात मिलेर भने सिधै प्रजिअ र सहायक प्रजिअले माइकबाट सम्बन्धित सेवाग्राहीलाई बोलाउने व्यवस्था समेत गरिएको छ । भने,  प्रजिअ थापा जुम्ला आएपछि  ५२ बुँदे प्रशासन सुधार कार्य योजना समेत सार्वजनिक गरिएको थियो । हाल उक्त योजनाको कार्यान्वयन चरणमा प्रशासन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button