तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय नाकामा सहज आवागमन हुनु पर्ने व्यवसायीको माग

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकामा सहज रुपमा आवागमन सुरु नभएको भन्दै कञ्चनपुरको व्यापार व्यवसायीहरुले असन्तुष्ट व्यक्त गरेका छन् ।

गृह मन्त्रालयले नाका खोल्ने निर्णय गरेपनि स्थानीय प्रशासनले आधिकारीक रुपमा नाका नखोलेको व्यवसायीहरुले बताएकाछन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्वमा आज बसेको व्यवसायीहरुको संघ संस्थाहरुको भेलाले सरकारले गड्डाचौकी नाकामा सहज आवागमन नगराउदा व्यापार व्यवसाय घाँटामा गएकाले तत्काल नाका सञ्चालन गराउन आग्रह गरेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघ, होटेल व्यवसायी संघ कञ्चनपुर, महाकाली यातायात प्राली, औषधी व्यवसायी संघ, नमस्ते शुक्लाफाँटा यातायात प्राली, पवनदुत यातायात, सुनौलो यातायात प्रालीलगायतका संघ संस्थाको भेलाले स्थानीय प्रशासनसँंग पटक पटक नाका खुलाउन आग्रह गर्दा समेत वेवास्ता गरेको बताउँदै अब पनि नाका सुचारु नगराए ससंक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले कोरोनाका कारण ११ महिनादेखि बन्द भएको नाकामा दुई पक्षीय सहज आवागमन नहुँदा समस्या भइरहेको बताउनु भएको छ ।

त्यसैगरी कञ्चनपुर होटेल व्यवसायी संघका अध्यक्ष जगदिश भट्टले सरकारले नाका खोल्ने निर्णय गरेपनि स्थानीय प्रशासनले वेवास्ता गरेको बताउनुभयो ।

उहाँले नाकामा सहज आवागमन नहुँदा स्थानीय अर्थतन्त्र धरासायी भएको बताउनुुभयो । कोरोनाको जोखिम कम भएको बताउँदै नाकामा सहज आवागमन नहुँदा बाह्य पर्यटक समेत प्रभावित भएको उहाँको भनाई छ ।

त्यसैगरी माहाकाली यातायात प्रालीका अध्यक्ष डम्बर पन्तले सरकारले आधीकारीक रुपमा नाका खोल्ने निर्णय गरेपनि कञ्चनपुरको गड्डाचौकी नाका खोल्न आनाकानी भइरहेको बताउँदै कञ्चनपुरको व्यापार व्यवसाय ठप्प पार्ने चेतावनी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button