तपाईँ सुन्दै हुनुहुन्छः

संविधानविद् दाहालको ‘संवैधानिक संस्कृति र न्यायिक सक्रियता’ पुस्तक सार्वजनिक

काठमाडौँ । संविधानविद् काशीराज दाहालद्वारा ‘संवैधानिक संस्कृति र न्यायिक सक्रियता’ विषयमा लेखिएको पुस्तक बुधबार सार्वजनिक गरिएको छ । विश्वको संवैधानिक अभ्यास र न्यायिक सक्रियताका विभिन्न पक्षलाई लेखकले पुस्तकमा समेट्नुभएको छ ।

पुस्तकमा खासगरी अमेरिका, युरोप र दक्षिण एशियाका मुलुकको संवैधानिक अभ्यास र न्यायपालिकाले निर्वाह गरेको सक्रियताको विषयमा व्यावहारिकरूपमा विभिन्न मुद्दाको उल्लेखसहित विषयवस्तु प्रस्तुत गरिएको छ ।

पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले संवैधानिक कानूनको विद्यार्थी, शिक्षकदेखि राजनीतिक व्यक्तित्व, कानून व्यवसायी र न्यायाधीशका लागि पुस्तकले शैक्षिक र व्यावहारिक उपयोगिता निश्चय गरेको पुस्तकको भूमिकामा उल्लेख गर्नुभएको छ ।

संविधान सैद्धान्तिकरूपमा लोकतान्त्रिक हुनु मात्र पर्याप्त नहुने उल्लेख गर्दै लेखक दाहालले पुस्तकमा राज्यशक्तिको प्रयोगकर्ता सबैको व्यवहार र आचरणमा लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको पूर्णनिष्ठा एवं समर्पणभाव स्पष्टरूपमा देखिनुपर्ने उल्लेख गर्नुभएको छ । ज्ञानगुन कानून प्रतिष्ठान, काठमाडौँद्वारा प्रकाशित यस पुस्तकको वितरण पैरवी बुक हाउस प्रालिले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button