तपाईँ सुन्दै हुनुहुन्छः

तिलाठी कोइलाडीका दुई विद्यालयमा नयाँ भवन बन्ने

सप्तरी । आवश्यक भवनको अभावका कारण पठनपाठनमा समस्या भोगिरहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको दुई विद्यालयमा दुई तल्ले नयाँ भवन बन्ने भएको छ ।

गाउँपालिकाको वडा नं. ४ स्थित राजेन्द्र देवकी माध्यमिक विद्यालय तथा वडा नं. १ स्थित तिलाठी माध्यमिक विद्यालयमा ६ कोठे दुई तल्ले भवन बन्ने भएको हो ।

बुधवार उक्त संसदीय क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले वडा नं. ४ स्थित राजेन्द्र देवकी माविमा बन्ने भवनको शिलान्यास गर्नुभयो ।

१ करोड २५ लाख २७ हजार ९ सय ९६ रुपैयाँको लागतमा सो विद्यालयमा ६ कोठे दुई तल्ले भवन बन्ने र टेन्डर प्रक्रिया समेत अघि बढिसकेको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिनुभयो ।

त्यस्तै वडा नं. १ स्थित तिलाठी माविमा बन्ने ६ कोठे दुई तल्ले भवनको शिलान्यास बिहीबार अध्यक्ष यादवद्वारा नै शिलान्यास गरिने कार्यक्रम तय भएको अध्यक्ष सिंहले बताउनुभयो ।

विद्यालयमा सुविधा सम्पन्न ६ कोठे दुई तल्ले भवन निर्माण हुने निश्चित भएपछि स्थानीय अभिभावक र विद्यार्थी हर्षित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button