काठमाडौं । पोखरामा जारी टाइगर कप आमन्त्रित अन्तर क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । यो जितसँगै पुलिसको फाइनल पुग्ने सम्भावना बलियो भएको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा पुलिसले अर्को विभागिए टिम त्रिभुवन आर्मीलाई तीन एकको सेटमा हरायो । यो हारपछि आर्मी प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ । पहिलो खेलमा आर्मी न्यू डायमण्ड क्लबसँग पराजित भएको थियो ।
पुरुषतर्फको पहिलो खेलमा राष्ट्रिय खेलाडीले भरिभराउ त्रिभुवन आर्मी क्लबलाई घरेलु टोली गण्डकी प्रदेशले ३–१ को सेटमा पराजित गरेको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा पहिलो सेटमा पराजित भएपनि त्यसपछि लगातार तीन सेट जित्दै गण्डकीले आर्मीलाई स्तब्ध पारेको थियो । योसँगै गण्डकीले फाइनल यात्रा सम्भावना कायमै राखेको छ ।
पहिलो खेलमा गण्डकी पुलिससँग ३–० ले पराजित भएको थियो । आर्मीले भने हारका साथ सुरुवात गरेको छ ।
दोस्रो खेलमा पुलिसलाई एपिएफले ३–२ को सेटले पराजित भएको छ । सुरुवाती दुई सेट गुमाएको पुलिसले लगातार दुई सेट जित्दै खेललाई पाँचौं सेटमा पुर्याएको थियो ।