रोल्पा । रोल्पा नगरपालिकामा अब ‘गाउँ शहर गोबर ग्याँस प्लान्ट’को योजना अघि बढाइने भएको छ । त्यसबारे रोल्पा नगरपालिका र गाउँ शहर बायो ग्याँस तथा ऊर्जा कम्पनी प्रा.लि. कोहलपुर बाँकेबीच आज द्विपक्षीय सम्झौता भएको हो ।
प्रालिका प्रबन्ध निर्देशक रमेश अर्याल र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलद्वारा हस्ताक्षरित सम्झौता अनुसार रोल्पा नगरपालिकामा अब छिटै गोबर ग्याँस प्लान्ट कार्यक्रम शुरु हुने भएको छ ।
यस कार्यक्रमले दाउराको खपत कम गरी प्राकृतिक सम्पदा बचाउनुका साथै गाइभैसीको गोबर मल सही सदुपयोग गरी इन्धनमा परिणत गरिने बताइएको छ ।