तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छलेर ल्याउँदै गरेको २ लाखभन्दा बढी मूल्य बराबरको सामान बरामद 

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरी बलले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको २ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

जिल्लाको बेलडाडी गाउँपालिका वडा नम्बर ४ मा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको चिनी, मैदा, गुदिया, तयारी थान कपडा र प्रतिबन्धित बोइलर कुखुरा गरी २ लाख ६ हजार बराबरको अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको बोइलर कुखुरालाई आवश्यक कारबाहीको लागि पशु क्वारेनटाइन र अन्य समान भन्सार कार्यालय गड्डाचौकीमा पठाइएको सशस्त्र प्रहरी उपरीक्षक केन्द्रबिन्दु ऐरले जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button