तपाईँ सुन्दै हुनुहुन्छः

शहीद स्मारक बी डिभिजन लिग फुटबलको तालिका सार्वजनिक

काठमाडौँ । शहीद स्मारक बी डिभिजन लिग फुटबलको तालिका सार्वजनिक गरिएको छ । फागुन ११ गतेदेखि शुरु हुने बी डिभिजन लिगको तालिका अखिल नेपाल फुटबल सङ्घ एन्फाले सार्वजनिक गरेको हो ।

कोरोना महामारीका कारण गत वर्ष नै सकिनुपर्ने यो लिग ढिला गरी पुनः शुरु हुन लागेको हो । यसअघि ३२ वटा खेल भइसकेका छन् । अब ३३ औँ खेल फागुन ११ गते हुने छ । सोही दिन लिगको ३४ औँ खेल पनि हुने छ । बी डिभिजन लिगका सबै खेलहरू एन्फा मैदान सातदोबाटोमा हुने छन् ।

पहिलो दिन फागुन ११ गते मध्यपुर यूथ एसोसिएसन र नयाँबस्ती युवा क्लबबिच सवा १२ बजे हुने छ । यसैगरी सोही दिन पुल्चोक र खुमलटार युवा क्लब साँढे ३ बजे प्रतिस्पर्धा हुने छ । लिग अन्तरगत अन्तिम खेल आरसीटी र सातदोबाटोबीच फागुन २७ गते हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button