तपाईँ सुन्दै हुनुहुन्छः

पुलिस क्लबको विजयी सुरुवात

काठमाडौँ । नेपाल पुलिस क्लबले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।

पोखरा रङ्गशालामा मङ्गलवार भएको खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै पुलिसले सुखद सुरुवात गरेको हो ।

जितसँगै पुलिसले ३ अङ्क जोडेको छ । गण्डकीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको दोस्रो खेलमा पुलिसले एपीएफसँग खेल्नेछ ।

महिलातर्फ होङग्वान्जी न्यु डाईमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरिसकेका छन् । टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला र पुरुषमा समान ४–४ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button