तपाईँ सुन्दै हुनुहुन्छः

सीता एयरलाइन्सको विमानद्वारा साँफेबगरमा परीक्षण उडान

अछाम । अछामको साँफेबगर विमानस्थलमा सीता एयरलाइन्सको जहाजले परीक्षण उडान गरेको छ । एयरलाइन्सको विमानले मङ्गलवार साँफेबगर एयरपोर्टमा परीक्षण उडान गरेको हो ।

साँफेबगर–धनगढी उडान सञ्चालनका लागि उडान भरेको एयरलाइन्सले जनाएको छ । सुदूरपश्चिम प्रदेशको राजधानीसँग सुदूरका पहाडी जिल्लालाई जोड्नका लागि डोटी, अछाम र बैतडीको पाटन लगायतका जिल्लामा आज उडान गरेको सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम भुसालले बताउनुभयो ।

नागरिक उड्डयन प्राधिकरणलाई उडान परीक्षणको प्रतिवेदन बुझाएपछि बजार व्यवस्थापकले नियमित उडानको मिति तोक्ने भुसालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button