तपाईँ सुन्दै हुनुहुन्छः

भागीरथीको न्यायको लागि अछाममा प्रदर्शन

अछाम । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागीरथी भट्टको न्यायका लागि मङ्गलवार आज अछाममा विद्यार्थीले र्‍याली निकालेका छन् ।

सदरमुकाम मंगलसेनसहित विभिन्न स्थानमा विद्यार्थी तथा स्थानीयले पीडित पक्षलाई न्याय दिलाउने उद्देश्यले शान्तिपूर्ण र्‍याली प्रदर्शन गरेका हुन् ।

मंगलसेन नगरपालिका स्थानीय युवा सञ्जालको आयोजनामा र्‍याली निकालिएको र दोषीलाई कारबाहीका साथै पीडितलाई न्यायको माग गरिएको युवा सञ्जालका अध्यक्ष जगत् भण्डारीले बताउनुभयो ।

प्रदर्शनका क्रममा उनीहरूले बलात्कारपछि भागीरथीको निर्मम हत्या भएको भन्दै तत्काल घटनाको छानबिन गरी दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।

अछामको सदरमुकाममा रहेको अछाम बहुमुखी क्याम्पस हुँदै बजारमा भएको प्रदर्शनमा सामाजिक अभियन्ता तथा विद्यार्थीले ‘शान्ति सुरक्षा कायम गर, हत्यारालाई फाँसी दे, संविधानमा टाँसी दे’ जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button