तपाईँ सुन्दै हुनुहुन्छः

प्रस्तावित वीर अस्पतालको अर्थमन्त्री पौडेल र स्वास्थ्य मन्त्री त्रिपाठी सहितको टोलीद्वारा अनुगमन 

भक्तपुर । चाँगुनारायण नगरपालिकाको दुवाकोटमा प्रस्तावित वीर अस्पतालको भवन निर्माण स्थलको अर्थमन्त्री विष्णु पौडेललगायतको टोलीले अवलोकन गरेको छ ।
टोलीमा अर्थमन्त्री पौडेल, स्वास्थ्य मन्त्री हृदेश त्रिपाठी, स्वास्थ्य राज्यमन्त्री नवराज रावत, सम्बन्धित मन्त्रालयका सचिव, चाँगुनारायणका नगरप्रमुख सोमप्रसाद मिश्र, सडक, विद्युत्, खानेपानी संस्थान लगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
सो अवसरमा अर्थमन्त्री पौडेलले विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पोल विस्तार, तार जडान र ट्रान्सफर्मर राख्ने काम तत्काल गर्न निर्देशन दिनुभयो ।
सडक विभागका प्रतिनिधिलाई समेत अर्थमन्त्री पौडेले मनोहरा कोरिडोर हुदैं दुवाकोट आउने सडक र सल्लाघारी हुदैं वीर अस्पतालको भवन निर्माण स्थलसम्म आउने सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो ।
स्वास्थ्य मन्त्री त्रिपाठीले वीर अस्पताल दुवाकोटमा बन्नु भक्तपुरवासीको गौरव भएकाले सबैले साथ दिनु पर्ने बताउनुभयो ।
स्वास्थ्य राज्यमन्त्री रावतले आफु विगतदेखि भक्तपुरमा वीर अस्पताल बनाउने काममा सक्रिय हुदैं आएको बताउनुभयो ।
नगरप्रमुख मिश्रले विभिन्न निकायबिच समन्वयको अभाव हुँदा कामको थालनी हुन नसकेको बताउनुभयो ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २, ३ र ४ करिब ५ सय ७० रोपनी क्षेत्रफलमा वीर अस्पतालको भवन बनाउने तयारी भए पनि डीपीआर समेत तयार हुन् सकिरहेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button