तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य बढ्यो

काठमाडौं । साताको तेस्रो दिन नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ ।

सोमबार तोलामा ९० हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलामा ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार चाँदी तोलामा १३४० रुपैयाँमा कारोबार भएको छ । सोमबार १३१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २५ रुपैयाँले बढेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button